Entertainment
»
नायिका रेखा थापाले राउटे जातिका ५२ परिवारलाई सहयोग गरिन
नायिका रेखा थापाले राउटे जातिका ५२ परिवारलाई सहयोग गरिन
केहि दिन अगाडी बर्षकै सफल सर्वाधिक सफल चलचित्र काली देखाउनको लागी हङकङ पुगेकी नायिका रेखा थापाले त्यहीबाट एउटा उदघोष गरेकी थिइन।
नायिका थापाले रेखा थापा फाउन्डेसन खोलेर समाजसेवामा लाग्ने उदघोष अनुसार नै अभिनेत्री थापालगायतको टोलीहरु यतिबेला नेपालको पश्चिमाञ्चलको सुर्खेत जिल्लामा छन। रेखा थापा फाउन्डेसन खेलेर समाजसेवा सुरु गरेकी नायिका थापाले शनिबार बिकट जिल्ला सुर्खेतको बिकट ठाउँमा बसोबास गर्दै आइरहेका राउटे जातिका ५२ परिवारलाई एक महिना सम्मको लागी ५२ बोरा चामल साथै केही नगद रकम पनि सहयोग गरिन।

नायिका थापाको यो सरहनीया कामबाट त्यहाँका राउटे समुहहरुले नायिका थापा पनि आज देखि आफ्नै परिवारको सदस्य भएको बताए रेखा थापा फाउन्डेसनको टोली सहित नायिका थापा आइतवार डडेल्धुरा पुगेर त्यहाका राउटेहरुसंग पनि भेट्ने योजना रहेको छ। त्यसैगरी नायिका सोमबार राउटे बालबालिकाहरुसंग २४ घण्टा जंगलमा बिताउने भएकी छिन।

रेखा थापाको आफनै अध्यक्षतामा रहेको रेखा थापा फाउन्डेसनले राउटे चेपाङ लगायतका बालबलिकाको हितमा काम गर्ने योजना अगाडि सार्न सुरुमा चारजना राउटे बच्चाबाट यो कार्य सुरुवात गर्नको लागी नै अहिले नायिका राउटेहरु बसोबास गर्ने ठाउँमा पुगेकी हुन। रेखा थापा फाउन्डेसनले ५ देखि ९ बर्षसम्मका राउटे बच्चाहरुलाई काठमण्डौ लगेर रेखा थापा फाउन्डेसन मार्फत शिक्षा तथा पालनपोषण गर्ने भएका छन।

ती राउटे बालबालिकालाई आम नागरिकसरह शिक्षा दिएर सफल नागरिक बनाउनुको साथै तीनीहरुको आमा बनेर नागरिकतासमेत दिलाउने रेखा थापा फाउन्डेसनको उद्देश्य रहेको छ। अहिलेलाई नायिका रेखा थापाले अफ्नो चलचित्र कालीको हङकङ बाट प्रदर्शित रकम नै रेखा थापा फाउन्डेसनको यो कार्यमा लगानी गरेकी छिन।
0 comments
Write Down Your Responses