Entertainment
»
प्रचण्ड हार्दा रेखा खुशि, छविको बर्थडेमा रेखा गायब
प्रचण्ड हार्दा रेखा खुशि, छविको बर्थडेमा रेखा गायब
माओवादी ओरालो लाग्न थालेपछि नागरिकहरु रेखा थापाको प्रतिक्रिया जान्न उत्सुक थिए । रेखा पनि राष्ट्रिय राजनीतिप्रति मौन थिइन् । तर, उनी एमाओवादी अध्यक्ष प्रचण्ड चुनाव हार्दा खुशि भएको खुलेको छ । बैंकर लीना अर्यालले माओवादी र प्रचण्डविरुद्ध फेसबुकमा पोस्ट गरेको स्टाटसलाई रेखाले लाइक गरेकी छन् ।
फेसबुकअनुसार लाइकको अर्थ उक्त स्टाटस आफूलाई मनपर्नु हो । तर, जसै यो खबर सामाजिक सञ्जालभरि फैलन थाल्यो, गरेको लाइकलाई रेखाले अनलाइक गरिदिएकी छन् । चुनावअघिसम्म प्रचण्डसँगै एमाओवादीको मेचीमहाकाली अभियानमा सरिक भएकी रेखाको उक्त लाइकवाला स्टाटसमा उनीविरुद्ध कमेन्टहरु देख्न सकिन्छ ।
छविको बर्थडेमा रेखा गायब
पूर्वपति छविराज ओझाको बर्थडेमा रेखा थापा गायब भएकी छिन् । गायब यसअर्थमा कि छविले शुक्रबार जन्मदिन मनाउँदा यसबारे रेखालाई अत्तोपत्तो छैन । रेखाको बर्थडेमा शुभकामना दिनेमा छवि अगाडि हुन्थे तर छविको बर्थडेबारे रेखालाई थाहा छैन ।
0 comments
Write Down Your Responses