बच्चा बेच्न अनलाइनमा बिज्ञापन, मूल्य १ लाख ५० हजार पाउण्ड
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |
बेलायतमा वर्गीकृत बिज्ञापन साइट ‘गमट्री’ निकै लोकप्रिय छ । मानिसहरु आफ्ना धेरै सामाग्री यही सपिङ साइटबाट खरिदबिक्रि गर्छन् ।
तर, हालै गमट्रीमा प्रकाशित एक बिज्ञापनले भने हंगामा मच्चायो । एक २० वर्षीया युवतीले आफ्नो चार महिनाको शिशुलाई अनलाइनमा बेच्न राखेपछि उनी संचारमाध्यममा छाएकी छिन् ।
२६ डिसेम्बरमा पोष्ट भएको सो बिज्ञापनमा उनले आफ्नो छोराको मूल्य १ लाख ५० हजार पाउण्ड तोकेकी छन् । बिज्ञापनमा उनले बच्चा सवै हिसावले ठिकठाक रहेको र पैसा बैंकमा डिपोजिट गर्नुपर्ने सर्त राखेकी छिन् । आफु बिरामी भएकाले पैसा पहिले नै डिपोजिट गरिनुपर्ने उनको सर्त छ ।
बेलायती समाचारपत्र इन्डिपेन्डेन्टका अनुसार त्यस्तो बिज्ञापन प्रकाशन भएपछि गमट्री प्रयोगकर्ताले कानुन उल्लंघन भएको भन्दै प्रहरीलाई खवर गरिदिएका थिए । त्यसलगत्तै सो साइटले बच्चा बिक्रिमा राखिएको बिज्ञापन हटाएको थियो ।
प्रहरीका अनुसार ब्राडफोर्डमा बस्ने ती २० वर्षीया आमाको पहिचान भएको छ र उनीसँग भएका दुईवटा शिशु खोसिएको छ ।
प्रहरी अधिकारीहरुका अनुसार दुवै बच्चाको स्थिति ठिकठाक छ र उनीहरुलाई आफन्त तथा सामाजिक कार्यकर्ताका रेखदेखमा राखिएको छ ।
जोक मात्र रे !
बच्चालाई अनलाइनमा बेच्न राख्ने महिलाले भने आफ्नो कामलाई ‘जोक मात्र’ भनेकी छिन् । ठट्टाका रुपमा मात्र आफुले सो बिज्ञापन पोष्ट गरेको र यति गम्भिर रुपले लिइएला भन्ने आफुले नसोचेको उनले बताइन् ।
‘मेरो पूर्व प्रेमीसँग वीर्य र अण्डा बेच्न राख्ने बिषयमा ठट्टा गरिरहेकी थिएँ, उसले नै मलाई बच्चा त्रिक्रिमा राख्न उक्सायो’-उनले भनिन् -'तर, मेरै बच्चा भनेकी थिइनँ ।’
उनले आफ्नो गल्ती स्वीकार्दै भनेकी छिन-’यो एकदमै मूर्ख काम थियो, मैले त्यसो गर्नु हुने थिएन, तर यति गम्भिर रुपले लिइएला भन्ने हेक्का नै राखिन् ।’

0 comments
Write Down Your Responses