अर्काकी श्रीमती विवाह गर्न नपाएपछि एक युवकद्वारा आत्महत्या

भिडियो हेर्न तल क्लिक गर्नुहोस

जाजरकोट । अर्काकी श्रीमतीसँग विवाह गर्न नपाएको झोँकमा स्थानीय एक युवकले आत्महत्या गरेका छन् ।

सीमा गाविस–९ का २४ वर्षीय उदय परियारले स्थानीय बजारमा पसल गरी बस्ने सल्यान बामे गाविसकी ३८ वर्षीया बिर्मी नेपालीसँग बिहे गर्न नपाएपछि झुन्डिएर आत्महत्या गरेको स्थानीय पूर्णसमिर महताराले बताउनुभयो ।         

बिर्मीका श्रीमान् केही समयअघि मात्रै वैदेशिक रोजगारमा गएका छन् । बिर्मीलाई लिएर भाग्ने उदयको चाहना अन्य स्थानीय तथा आफन्तले थाहा पाएपछि बिहे गर्न नसक्ने देखेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । उदयका दुई छोरा र एक छोरी छन् । उदयकी श्रीमती २१ दिनकी सुत्केरी अवस्थामा छिन् । - रासस

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses