दुई टाउके पाडो जन्म्यो (तस्बिरसहित)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

जनार्दन पोखरेल/उज्यालो । महोत्तरी, - महोत्तरीको खोपीका एक किसानले पालेको भैंसीले दुई वटा टाउको भएको पाडो जन्माएको छ । खोपी ७ गोटबनौली बस्ने किसान दिलिप कुमार मण्डलले पाल्नु भएको भैंसीले मंगलबार २ वटा टाउको भएको पाडो पाएको हो ।



भैंसीले शरीरको अगाडीको भाग दुई वटा र पछाडीको भाग एउटै भएको पाडो जन्माएको पशु शेवा केन्द्र रामगोपालपुरका प्रमुख ब्रह्मदेब शाहले जानकारी दिनुभयो । भैंसीले अनौठो पाडो पाएपछि मण्डलको घरमा हेर्नेको घुइँचो लागेको थियो । जन्मिएको दुई घण्टापछि नै पाडो मरेको किसान मण्डलले बताउनुभयो । महोत्तरीमा जन्मिएको पाडोको तस्बिर तल हेर्न सकिन्छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses