जलिरहेको अवस्थामा महिलाको शव फेला
गौतम श्रेष्ठ
९ पुस, रौतहट । रौतहटको कर्कच कर्मैया गाविसमा एक महिलाको शव भेटिएको छ । परालको थुप्रोमा महिलालाई राखेर अज्ञात समूहले हत्या गरेपछि जलाएको प्रहरीको प्रारम्भीक अनुमान छ ।
मंगलवार विहान ४ बजे सो गाविस वडा नम्वर ३ का जयकिशोर झाको घरको छेउमा रहेको परालको थुप्रोमा अज्ञात समूहले करिव ३२ वर्षकी महिलालार्इ जलाएर मारेको आशंका प्रहरीले गरेको छ ।
घर छेउमा रहेको परालमा आगो लागेपछि झाले नै प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेका प्रहरीले बलिरहेको परालको थुप्रोमा महिलाको दुईवटा खुट्टा फेला पारेको थियो । खुट्टामा नङ्ग पालिस लगाएको अवस्थामा शरीरको सबै अंश डढिसकेको भेटिएकाले मृतक महिला नै हुन सक्ने आशंका गरिएको नायब उपरीक्षक अधिकारीले बताउनुभयो ।
आगलागीमा जलेर मृत्यु भएकी महिलाको दुर्इवटा खुटाबाहेक अन्य भाग पुर्ण रुपमा जलेको हुनाले अहिलेसम्म पहिचान हुन नसकेको प्ररहरीको भनाइ छ । घटनाबारे अनुसन्धान कार्य द्रुतगतिमा भइरहेकोले घटनामा संलग्न दोषिलार्इ यथाशिघ्र पहिचान गरी नियन्त्रणमा लिइने रौतहटका प्रहरी नायव उपरिक्षक दिपक अधिकारीले बताउनुभयो ।
मृतक महिलाको पहिचान नखुलेकोले शव परिक्षणको लागि जिल्ला अस्पताल गौर ल्याउने तयारी भइरहेको छ । वरिपरिका गाँउबाट कुनै महिला हराए नहराएको बारे खोजी भइरहेको प्रहरीको भनार्इ छ ।
0 comments
Write Down Your Responses