प्रेस चौतारीका केन्द्रीय सदस्य रमेश पोखरेलद्वारा छोरीलाई ३ वर्षदेखि बलात्कार

भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाडौं । काठमाडौंको बागबजारस्थित कार्यालयमा प्रेस चौतारी नेपालको बैठक बसिरहेको थियो । बैठक स्थलमा अचानक प्रहरी पुगेपछि  केहीछिन त सन्नटा नै छायो । सबैले मुखामुख गर्न थाले ।

पछि थाहाभयो प्रेस चौतारी नेपालका एकजना नेतालाई आफ्नै छोरी बलात्कार गरेको अभियोगमा पक्राउ गर्न प्रहरी पुगेको रहेछ । प्रहरीले शनिबार राजधानीको बागबजारमा प्रेस चौतारी केन्द्रीय समितिको बैठक बसिरहेका बेला पत्रकार तथा प्रेस चौतारीका केन्द्रीय सदस्य  रमेश पोखरेललाई पक्राउ गरेको छ ।

प्रेस चौतारीको केन्द्रीय बैठकमा भाग लिन झापाबाट आएका पूर्वान्चल इन्चार्ज  पोखरेल आफ्नै छोरीमाथि बलात्कारको आरोपमा  सिहदरबार प्रहरी वृतले पक्राउ गरि हनुमानढोका  पठाएको छ ।  प्रहरीका अनुसार पोखरेलकी पत्नीको उजुरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा लिइएको हो ।

प्रहरी स्रोतका अनुसार उनी माथि हाडनाता, जर्वजस्ती करणी, र बाल यौन दुर्व्यबहारका तीनवटा मुद्दा लगाइने भएको छ । आइतबार उनलाई म्याद थपका लागि जिल्ला अदालत लैजाने तयारी छ । स्रोतका अनुसार उनले छोरीमाथि कक्षा ७ मा पढ्दादेखि नै जर्वजस्ती करणी गर्दै आएका थिए । उनी अहिले कक्षा १० मा अध्यनरत छन् ।

लामो समयको पीडापछि मात्रै उनले आमालाई पीडा सुनाएपछि प्रहरीमा उजुरी दिइएको थियो । प्रहरीले पक्राउ गरे लगतै केही युवाहरुले प्रेस चौतारीको कार्यालय तोडफोडको प्रयास समेत गरेका थिए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

,

0 comments

Write Down Your Responses