बलात्कार केशमा पत्रकार प्रहरी फन्दामा
काठमाडौं, २० मंसिर । बलात्कारको अभियोगमा एक रेडियोकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं बानेश्वरस्थित क्यापिटल एफ.एमका समाचारवाचक तथा कार्यक्रम प्रस्तोता शरणप्रसाद प्याकुरेल पक्राउ परेका हुन् । रेडियोमा बोल्दा शोरण प्याकुरेलले मात्र चिनिने शरणप्रसादलाई भक्तपुरको ठिमी प्रहरीले पेप्सीकोलाबाट बलात्कार आरोपमा पक्राउ गरेको हो ।

उनलाई ठिमी प्रहरीले बुधबार बेलुका महानगरीय प्रहरी वृत्त बानेश्वर ल्याइएको बानेश्वर प्रहरीले बताएको छ । ठिमी प्रहरीका अनुसार एक युवतीलाई बलात्कार गरेको निवेदन गरेपछि उनलाई पेप्सिकोलास्थित एक कोठाबाट पक्राउ गरिएको हो । बानेश्वर प्रहरीले आज जिल्ला अदालत काठमाडौं लाने तयारी गरेको बताएको छ ।
अभियुक्त प्याुकरेलको दुई श्रीमती भएको र कान्छीसँग बस्दै आएको उनका जेठी श्रीमती चन्दा प्याकुरेलले बताइन् । काभ्रे फूलबारीका प्याकुरेल काठमाडौंमा पेप्सिकोलामा मात्र नभई अन्य स्थानमा समेत कोठा लिई बस्ने गरेको प्रहरी दावी छ ।
एफ.एमबाट निलम्बित
आरोपित शोरण प्याुकरेललाई क्यापिटल एफ.एमले भने निलम्बन गरिसकेको छ ।
एफ. एमका डेपुटी स्टेशन म्यानेज रमेश हतुवालीले तीन दिन अघि नै निलम्बन गरेको बताएका छन् । उनका अनुसार कार्यालयमा विना जानकारी केही दिनदेखि हाजिर नभएपछि प्याकुरेललाई निलम्बन गरेको हो ।
0 comments
Write Down Your Responses