Entertainment
»
हङकङमा नायिका रेखाको घोषणा : भनिन्- `राउटेको बच्चाकी आमा बन्छु'
हङकङमा नायिका रेखाको घोषणा : भनिन्- `राउटेको बच्चाकी आमा बन्छु'
रेखा थापा अनि चर्चा । फिल्म नगरीमा यी दुई परिपूरक नै मानिन्छन् ।
सुरुका फिल्ममा छोटा पहिरन लगाएर चर्चामा आउने रेखा पति छवि ओझाको सम्बन्ध विच्छेदसँगै एमाओवादी प्रवेश गर्दा चर्चाको शिखरमै पुगिन् ।
.jpg)
फिल्म 'काली' प्रदर्शन गर्न गत साता हङ्कङ पुगेकी अभिनेत्री रेखा थापा पुनः चर्चाको पात्र बनेकी छिन् । हङकङ शहरमा आइतबार 'काली' प्रदर्शन गर्दा रेखाले भनिछन्- 'अब म राउटेको बच्चाकी आमा बनेर उनीहरुलाई नागरिकता दिलाउँछु ।' रेखा थापा फाउन्डेशन खोलेर आफु राउटे बच्चाको शिक्षा तथा पालन पोषणमा लाग्ने रेखाको उद्घोष छ । रेखा थापा फाउन्डेशन स्थापना भैसकेको र प्रारम्भिक कार्य तालिकाको समेत तर्जुमा भैसकेको रेखाको कथन छ ।
रेखाले आफ्नै अध्यक्षतामा यसअघि सोच परिवर्तन नेपाल नामक संस्था खोलेर द्धन्द्ध प्रभावित बालबालिकालाई पढ्ने व्यवस्था उपलब्ध गराउँदै आएकी छिन् । कान्तिपुर राष्ट्रिय दैनिकसँगको कुराकानीमा रेखाले भनेकी छिन्- 'नेपाल आएको केही सातामै पत्रकार भेटघाट कार्यक्रम गरेर यस बारे सम्पूर्ण जानकारी गराउँछु । राउटे बालबालिकासँग २४ घण्टा बिताउन मन छ ।'
यी सबै कुरा किन हङकङमै गएर खोलियो ? 'कमला' बन्ने तयारीमा रहेकी रेखाको जवाफ छ- 'नेपाल बाहिर आएर योजना घोषणा गर्दा मलाई फाप्छ ।' रेखा अमेरिका पुगेर निर्माणको घोषणा गरिएको काली फिल्मले व्यापारिक सफलता हात पारेको थियो ।
हङकङ पुगेर राउटे बच्चाको अधिकारको पक्षमा लड्ने रेखाको यो भनाइले कत्तिको सार्थकता पाउँछ ? प्रतिक्षा गर्रौ ।-फिल्मीखबर,
0 comments
Write Down Your Responses