गुगलले सुरु गर्‍यो नेपाली भाषा अनुवाद

भिडियो हेर्न तल क्लिक गर्नुहोस

मंसिर २६ - गुगलले नेपाली भाषाको अनुवाद सुविधा पनि सुरु गरेको छ । तर उसले सुरु गरेको नेपाली अनुवादमा भने धेरै गल्ती देखिएको छ ।



पछिल्लो पटक गुगलले नेपालीसहित ९ वटा भाषा अनुवादको सुविधा थपेको हो । यो सँगै गुगलले अनुवाद गर्ने भाषाको संख्या ८० पुगेको छ । थप सुविधा अनुसार ट्रान्सलेट डट गुगल डट कममा गएर नेपाली भाषालाई विभिन्न ७९ वटा भाषामा अनुवाद गर्न सकिन्छ भने अरु ७९ वटा भाषालाई पनि नेपालीमा अनुवाद गर्न सकिन्छ । गुगलमा अनुवाद गर्न मिल्ने भाषा, नेपाली, अंग्रेजी, हिन्दी, उर्दु, चिनियाँ, बंगाली, स्पेनिस, पोर्चुगिजलगायतका छन् ।

- एजेन्सीको सहयोगमा

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses