नेपाली १३ बर्षे गायकलाई अन्तराष्ट्रिय रक स्टार बनाउने । (भिडियो सहित)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

भनि हाल्नु पर्दा नेपाली गायक र गायिका लाई अन्तराष्ट्रिय स्तरमा जानको लागि आधारभुत तयारी के कस्तो गरिनु पर्छ पहिलो प्रश्न संगै कस्तो रुपमा अन्तराष्ट्रिय बजार मा जाने भन्ने प्रश्न महत्वपुर्ण रहन्छ,या त नेपाली पहिचान बोकेका गीत लाई अन्तराष्ट्रिय स्तरमा लैजाने कि त नेपाली गायक गायिका अन्तराष्ट्रिय स्तरमा सर्वत्र सुन्न मन पराईने किसिमका अङ्रेजी गीत गाउंदै अगाडी बढ्ने!यि दुबै मध्य जुन गरेर अन्तराष्ट्रिय स्तरमा चिनिनु पनि सम्मानजनक हुन्छ।



यहां निर हाम्रो प्रयास अब को दिनमा माथिका २ धार मध्य दोश्रो धार अर्थात एक १३ बर्षे युवा गायकलाई अन्तराष्ट्रिय बजारमा ल्याउने प्रयासमा गरिने जमर्को हो।१० बर्ष को उमेर देखि एल्बम रेकर्डिङ् गरेर नेपाली सांगितिक आकाशमा द रक स्टार अमनको नाम ले चम्किन सुरु भई सकेका यि साना गायक यतिबेला नेपालका प्रत्येक अभिभावकले आफ्ना छोरा छोरीमा पनि कहि यस्तो प्रतिभा छ कि भन्ने आभास दिलाउने उदाहरणको रुपमा देखिन थालेका अमन अहिले १३ बर्ष मा लगेका छन।निकै नै शान्त स्वभाबका र यति सानो उमेरमा नै गहकिलो ब्यक्तित्वका धनि रक स्टार अमन को सानै देखि को प्रतिभालाई राम्ररी चिन्ने र प्रोत्साहन गर्ने उनका बुबा नेपालका स्थापित संगीतकार राहुल प्रधान हुन भने छोराको यो प्रतिभालाई फक्राउनको लागि हरदम खुशि खुशि साथ होस्टेमा हैसें गायक अमन कि आमाले गरेकी छिन।यि दुबै धन्यबादको पात्र छन छोराको प्रतिभालाई चिनेर सहयोग र प्रोत्साहन गरि राख्ने अमनका यि आमा बाबु पनि नेपाली अन्य अभिभावकका लागि प्रेरणा योग्य देखिन्छन।अङ्रेजी गीतहरुलाई बिषेश सुन्न रुचाउने गायक अमन लाई 'जस्टिन बिबर' जस्ता गायक का गित सुन्न औधि मन पराउँछन।गीटार बजाउन खप्पिस यि साना गायकको केहि दिन मात्र आगाडी निकट भबिष्यमा बजार मा आउन लागेको एक नयाँ नेपाली एल्बम '' रक स्टार रिलोडेड'' बाट एक गीत ''सम्झि रहन्छु म एकोहोरो'' शब्द बासु ढकाल र संगीत राहुल प्रधानको रहेको यो गीतको म्युजिक भिडियो दा प्रोडक्सनको ब्यानर मा प्रतिभाशाली युवा नेर्देशक निकेश खड्काको निर्देशन प्रिमियर भएको छ। एक हफ्तामा नै निकै प्रशंशा बटुल्न थालेको यो गीतको गायन प्रतिभालाई हेर्दा के यि साना गायक भबिश्यमा अन्तराष्ट्रिय बजारमा जान नसक्लान त?

source : brtnepal

भिडियो हेर्न तल क्लिक गर्नुहोस

,

0 comments

Write Down Your Responses