प्रचण्डसँगै मेची-महाकाली अभियानमा कुदिन् रेखा थापा

भिडियो हेर्न तल क्लिक गर्नुहोस

२३ कात्तिक, काठमाण्डौ । केही बर्ष अघि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग नृत्य गरेर चर्चा कमाएकी नायिका रेखा थापा संविधान सभाको चुनावमा माओवादीलाई जिताउन खुलेरै लागेकी छिन् । एमाओवादीको मेची-महाकाली अभियान सुरु भएको चौथो दिनबाट रेखा पनि दौडन थालेकी हुन् । जसका लागि उनी यतिबेला वुटवल पुगिसकेकी छिन् । पार्टीलाई सहयोग गर्न आफू मेची-महाकाली अभियानमा लागेको रेखाको तर्क छ । उनले बाँकी रहेका सबै दिनमा प्रचण्डसँगै आफू पनि अभियानमा हिड्ने बताइन् । अभियान सुरु भएको पहिलो दिन देखि किन लाग्नु भएन त भन्ने प्रश्नमा उनले आफू केही अस्वस्थ भएकाले सहभागी हुन नपाएको बताइन् । तर रेखाले अभियानमा जनतालाई एमाओवादीलाई भोट हाल्न भन्दै स्टेजमा नृत्य गर्ने या भाषण गर्ने काम नगर्ने बताइन् । आफ्नो उपस्थिती नै पार्टीका लागि एउटा सहयोग हो, यसैका लागि आफू हिडेको रेखाको तर्क छ । एकातिर नेपाली कांग्रेसमा सयौ कलाकार प्रवेश गर्दै गर्दा नायिका रेखा थापा भने प्रचण्डसँगै जनतालाई एमाओवादीलाई भोट हाल्न भन्दै कुँदेकी छिन् । रेखाको यो कुँदाईले माओवादीलाई कत्तिको फाइदा पुग्ने हो त्यो संविधान सभाको चुनाव पछि नै थाहा हुनेछ । तर पश्चिमाञ्चल क्षेत्रमा राम्रो क्रेज बनाएका कारण पनि रेखाको उपस्थिती एमाओवादीका लागि सहयोगी हुने विश्वास गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses