बाँकेमा पेट्रोलबम सशस्त्र प्रहरीको नियन्त्रणमा

भिडियो हेर्न तल क्लिक गर्नुहोस

३ मंसिर, नेपालगन्ज । संविधानसभा निर्वाचनमा मतदान गर्न आउने मतदाताहरुलाई प्रभावित पार्न बाँकेका विभिन्न ठाँउमा विष्फोट गराईएको छ । मतदातालाई सहजरुपमा मतदान गर्न आउने वातावरण बनाउनको लागि बाँकेका सुरक्षा निकायले चनाखो हुँदै सर्च अभियानलाई तीब्र पारेका छन् ।



सीमा सुरक्षा कार्यालय महेन्द्रनगर बाँकेबाट खटिएको सशस्त्र प्रहरीको गस्तीटोलीले नेपालगन्ज नगरपालिकाको पर्खाल बाहिर लुकाई राखेको अवस्थामा तीनथान पेट्रोलबम फेला पारेको छ । नेपालगन्ज-१६ को मतदान केन्द्र समेत रहेको सो ठाँउलाई प्रभावित पार्नको लागि आईतबार राति सोही ठाँउमा विष्फोट गराइएको थियो । नेपालगन्जका विभिन्नठाँउमा विष्फोट गराइएको भए पनि कुनै क्षती नभएको प्रहरीले जनाएको छ ।

विस्फोटक पदार्थ बरामद

बाँके प्रहरी तथा नेपाली सेनाको संयुक्त टोलीले बाँकेको बिनौना-१ सन्तपुर नर्सरीबाट ठूलो मात्रमा विष्फोटक पदार्थ बरामद गरेको छ । प्रहरीका अनुसार नर्सरीको घाँसमा लुकाई राखेको अवस्थामा विष्फोटक पदार्थ राखिएको छ भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी र सेनाको संयुक्त सर्च टोलीले भेट्टाएको थियो ।

बाँके प्रहरी प्रमुख भूपालकुमार भण्डारीले दिएको जानकारी अनुसार सो नर्सरीबाट प्रहरी र सेनाको संयुक्त टोलीले साईकलको छर्रा आधा केजि, गन पाउण्डर तीन किलो, नेति लाईट आधा किलो, ठूलो वेरिङ्ग १४ वटा, फलामको गोटी (सानो-सनो टुक्रा) १४ वटा रहेका छ ।

यसैगरी हसिया १ थान, केप २ वण्डल, वटुवा धागो १ गोली, फिटकिरी आधा किलो, सोडा १ किलो, पुरानो प्लाष्टिक डिब्बा ७ थान, पुरानो झोला एक थानसमेत रहेको छ ।

प्रहरी प्रमुख एस्पी भण्डारीले संविधान सभाको निर्वाचन विथाल्नको लागि प्रयोग हुनसक्ने सो सामाग्री विष्फोटक पदार्थ बनाउने कच्चा पदार्थ भएको र सोबाट ठूलो संख्यामा बम जस्ता विष्फोटक बन्नसक्ने बताउनु भयो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses