फिलिपिन्सको आँधीमा मर्नेको संख्या १० हजारभन्दा बढी

भिडियो हेर्न तल क्लिक गर्नुहोस

एजेन्सी, २४ कात्तिक । फिलिपिन्समा आएको आँधीमा परि ज्यान गुमाउनेको संख्या १० हजारभन्दा बढी हुन सक्ने स्थानीय अधिकारीहरूले बताएका छन् ।



शुक्रबार आएको शक्तिशाली ‘हाईयान’ आँधीका कारण लाखौं व्यक्ति विस्थापित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरूले जनाएका छन् । लेयत प्रान्तका प्रहरी क्षेत्रीय प्रहरी प्रमुख एल्मर सोरिया वह अकेले पूर्वी द्विपमा मात्रै झण्डै १० हजार जनाले ज्यान गुमाएको हुन सक्ने बताएका छन् । हयुन नामक आधीका कारण लाखौ मानिस विस्थापित भएका छन् ।

तर सरकारले भने एक सयको हाराहारीमा मात्रै ज्यान गुमाउनेको संख्या पुष्टि गरेको छ । अहिले बाढी प्रभावित क्षेत्रहरूमा सडक अवरुद्ध भएका छन् भने सञ्चार सम्पर्क विच्छेद भएका छन् । सरकारले क्षतिको विवरण आउन अझै केही दिन लाग्न सक्ने बताएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses