दीपकदेखि धुर्मुससम्म, ६ जना नीताको पछिपछि(भिडियो)
नेपालका टेलिभिजनमा सर्वाधिक लोकप्रिय मानिएका हाँस्यकलाकारहरु हिरोइनको पछि पछि नाचेको हेर्न तपाई पक्कै पनि आतुर हुनुहुन्छ होला । तपाइको यो प्रतिक्षाको घडीलाई समाप्त गर्दै ‘छ एकान छ’ निर्माण यूनिटले शिर्ष गीत सार्वजनिक गरेको छ ।

दिनेश डीसीको निर्देशनमा तयार भएको यो चलचित्रमा दिपकराज गिरी, सिताराम कट्टेल, शिवहरी पौडेल, केदार घिमिरे, जीतु नेपाल, सन्दिप क्षेत्री र नीता ढुंगानाको मुख्य भूमिका छ । पौष २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको शिर्ष गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।
यो गीतमा राजन इशानले संगीत भरेका छन् । गीतमा दिनेश डीसी, हरिवंश आचार्य, राजन इशान, यूवराज चौलागाई, किरण केसीको आवाज छ । केही भिन्न प्रकारले तयार पारिएकाले पनि यो सिनेमाको शिर्ष गीतलाई दर्शकले मन पराउने आशा गरिएको छ । चलचित्रलाई दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले मिलेर बनाएका हुन् ।
0 comments
Write Down Your Responses