Bichitra
»
गोहीको मुखबाट हात्ति उम्किँदा…. (फोटो फिचरसहित)
गोहीको मुखबाट हात्ति उम्किँदा…. (फोटो फिचरसहित)
बस्न पायो भन्दैमा थ्याच्न नबस्नु, खान पायो भन्दैमा क्वाप्प नखानु भन्ने नेपाली उखान नै छ । यो मानिसमा मात्र होइन, एक हात्तीमा पनि लागू भएको छ ।
भर्खरैको एक घटनामा एक जंगली हात्तिले यस्तै नियति भोग्नुपरेको छ । तिर्खाएको युवा हात्तीले प्यास मेट्न हतारिएर पोखरीमा सुँड डुवाउँदा झण्डै ज्यान गुमाउन परेन । हात्तीले पानीमा सुँड के डुवाएको मात्र थियो, भोको गोहीले हात्तीलाई अठ्याइदियो ।
हात्तीको भाग्य भनौं, गोहीले हात्तीको सुँड धेरै काट्न भ्याएको भिएन । हात्तपत्त हात्तीले सुँड निकालेपछि बालबाल बच्यो । जिम्बाबेको दक्षिण लुवाङवा पार्कमा भएको झिनाझम्टीलाई ६२ वर्षीय फोटोग्राफर इआन सेाल्सबरीले आफ्नो क्यामरामा कैद गरेका छन् । उनका अनुसार यो घटना केही सेकेन्डको हो । तस्वीर खिच्न अफ्रिकन झाडीमा ३० वर्ष गुजारेका उनी यो सुन्दर दृश्य कैद गर्न सफल भएकोमा खुशी छन् ।
0 comments
Write Down Your Responses