अछाम र बझाङमा एमालेको कब्जा,
अछाम र बझाङमा भने एमालेले कब्जा जमाएको छ । दुवै जिल्लाका ४ वटा निर्वाचन क्षेत्रबाट एमाले बिजयी बनेको छ ।
अछामको क्षेत्र नम्बर १ मा नेकपा एमालेका भिम रावल विजयी बन्नुभयो । उहाँले १२ हजार ६ सय ८२ मत प्राप्त गर्नुभयो भने उनका प्रतिद्वन्द्वी कांग्रेसका मेघराज खड्काले ९ हजार ४ सय ७१ मत प्राप्त गर्नुभयो ।
अछाम क्षेत्र नम्बर २ मा एमालेकै भरत साँउद बिजयी बन्नुभयो । उहाँले १६ हजार ५ सय र उनका प्रतिद्वन्द्वी कांग्रेसका वलबहादुर कुँवरले १६ हजार मत प्राप्त गर्नुभयो ।
यसैगरी बझाङमा क्षेत्र नम्बर १ बाट एमालेका मान बहादुर खत्री ११ हजार ५३० मत ल्याउँदै विजयी भएका छन् । उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका अर्जुन जंग बहादुर सिंह पराजित बन्नुभयो ।
सिंहले १० हजार ७ सय ८ मत प्राप्त गर्नुभएको थियो । यस्तै क्षेत्र नम्बर २ मा पनि नेकपा एमालेका एलपी रावलले जित दर्ता गराउनुभयो ।
0 comments
Write Down Your Responses