National News
»
ललितपुरमा गुडिरहेको माइक्रोमा पेट्रोल बम प्रहार , बानेश्वरमा तीन गाडीमा तोडफोड
ललितपुरमा गुडिरहेको माइक्रोमा पेट्रोल बम प्रहार , बानेश्वरमा तीन गाडीमा तोडफोड
काठमाडौं, २६ कात्तिक । संविधानसभाको निर्वाचान बिथोल्न आमहड्तापछि यातायात बन्द गरिरहेका नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आज पनि विभिन्न ठाउँमा तोडफोड तथा शंकास्पद वस्तु राख्ने कार्य जारी राखेको छ ।
त्यसैक्रममा आज बिहान ८ बजे ललितपुरमा एक माइक्रोमा आगजनीको प्रयास भएको छ । बा १ ज ६२८८ नम्बरको माइक्रोमा पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरिएको थियो । तर प्रहरीले आगोबाट माइक्रोलाई जोगाएको छ ।
बन्दकर्ता युवाहरुले पेट्रोल खन्याइसकेको भएपनि तोडफोड मात्र गर्न भ्याएको ललितपुर प्रहरी परिसरका प्रवक्ता रामदत्त जोशीले जानकारी दिएका छन् । एनका अनुसार प्रहरी पुग्दापुग्दै बन्दकर्ताहरु भाग्न भ्याएको हुन् । त्यस्तै लतितपुरकै मंगलबजार र बालकुमारीबाट एक, एक जना बन्दकर्ता पक्राउ गरिएको उनले बताए ।
त्यस्तै काठमाडौंको बालाजुमा डिजेल बोकेर गाडी जलाउन हिँडिरहेका दुई जनालाई पक्राउ गरेको बालजु प्रहरी प्रभागले जनाएको छ । यता कपुरधारामा गन पाउडर भेटिएपछि सेनाले हिस्पोज गरेको छ ।
त्यस्तै काठमाडौंमा बिहानै केही गाडीहरु तोडफोड भएका छन् । मध्यबानेश्वरमा बा १ च १९६२, पुरानो बानेश्वरमा बा १ च ७९९३ र नयाँ बानेश्वरमा बा १ ह ३६२३ नम्बरको टेम्पो तोडफोड भएको छ ।
0 comments
Write Down Your Responses