हेलिकोप्टरसँग प्रचण्डको ‘लभ’

भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाडौं, २५ कात्तिक । चुनाव प्रचारमा हेलिकोप्टरबाट देश दौडाहा गर्न पाइने सुविधाको सबभन्दा बढी फाइदा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिइरहेका छन् ।



निर्वाचन आयोगले सुरुमा अति दुर्गम जिल्लामा मात्रै हेलिकोप्टरको सीमित प्रयोग गर्न दिने भनेको थियो । तर त्यसपछिका दिनमा आयोग हेलिकोप्टर प्रकरणमा लचिलो बन्दै गयो ।

खासगरी प्रचण्डको आग्रहमा निर्वाचन आयोगले हेलिकोप्टर प्रयोग गर्ने बाटो खुल्ला गर्दै र लचिलो बनाउँदै ल्याएको हो । र अहिले प्रचण्डको हेलिकोप्टर असीमित बन्दै गएको छ ।

अहिले प्रचण्ड मेची महाकाली अभियान भन्दै मध्यपश्चिम पुगेका छन् । प्रचण्डको यात्राको साधन हो हेलिकोप्टर । उनी हात हल्लाउँदै हेलिकोप्टरबाट ओर्लन्छन्, एउटा कार्यक्रममा मुश्किलले १० देखि १५ मिनेट बस्छन र भाषण गरेर उडिहाल्छन् ।



आफूलाई सर्वहारा वर्गको नेता भन्ने प्रचण्डको हेलिकोप्टर सयरलाई धेरैले अनौठो मानेका छन् । झापामा कांग्रेसका उम्मेदवार विश्वप्रकार शर्मा भन्छन्, ‘सर्वहारा वर्गको नेता हूँ भन्ने प्रचण्डजीको हेलिकोप्टर सयर हेर्दा उहाँहरुले सर्वहाराको परिभाषा नै फेरेको हो कि भनी प्रश्न गर्न मन लाग्छ ।’

प्रचण्ड एकै दिन दुई तीन जिल्लाका कार्यक्रममा हेलिकोप्टरबाट पुग्ने गरेका छन् । तर, अन्य कतिपय दलका शीर्ष नेता भने सामान्य ढंगले साइकल, सिक्सा या मोटर चढेर जनतामाझ पुग्ने गरेका छन् ।



नेपाली कांग्रेसका सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल भने भोट माग्न कसरी जान्छन् भन्ने तस्बिरमा देख्न सकिन्छ ।

काठमाडौं उपत्यकासँगै जोडिएको र लोकल बस चढेर समेत पुग्न सकिने काभ्रेमा समेत प्रचण्ड होलिकोप्टरमा उडेर पुगेका थिए ।

निर्वाचन आयोको दयामायाले नै प्रचण्डको हेलिकोप्टर सयर सहज बनेको हो । तर, आयोगले अन्य दल या नेतार्लाइ भने यस्तो दयामाया देखाउने गरेको छैन ।

प्रचण्डको हेलिकोप्टर र आयोगसँग ‘लभ’ परेको बताउनेहरु पनि छन् । कास्की क्षेत्र नं. ३ एमालेका उम्मेदवार रविन्द्र अधिकारी भन्छन्, ‘प्रचण्डजीले मधेससँग लभ प¥यो भन्नुहुन्थ्यो तर उहाँको मधेससँग होइन हेलिकोप्टरसँग लभ परेजस्तो देखिन्छ ।’



प्रचण्डले जसरी नै एमाले नेता केपी ओली हेलिकोप्टर चढेर दार्चुला पुगे । तर, ओलीलाई भने आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले स्पष्टिकरण मागेको छ । ओलीलाई लाग्ने आचारसंहिता प्रचण्डलाई चाहिँ किन नलागेको भन्ने बारेमा आयोग मौन छ ।nepalsandesh

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses