Bichitra
»
अनौठो पर्स–जो फजुल खर्चबाट रोक्छ, जबरजस्ती गरे रुन्छ
अनौठो पर्स–जो फजुल खर्चबाट रोक्छ, जबरजस्ती गरे रुन्छ
तपाई अधिक र पजुल खर्चबाट हैरान हुनुहुन्छ भने अब नआत्तिनुस् । जापानको एक कम्पनीले यस्तो पर्स बनाएको छ, जसले धेरै पैसा खर्च गर्न तपाईलाई रोक्छ ।
यसले पर्समा रहेको रकम र खर्चको हिसाव मात्र राख्दैन, जब नगद कम हुन्छ, यो तपाईको हातबाट भाग्न थाल्छ ।
जापानी कम्पनीले बनाएको यो लिविङ्ग पर्स तपाईको लेखापाल भन्दा कम छैन । यसले नगदको हिसावसँगै तपाईको बही खाता समेत देखाउँछ । कम्पनीले यो पर्सलाई एक ग्याजेटको रुप दिएको छ । यसलाई एक स्मार्ट फोनको माध्यमबाट ज्याम नामको एप्लिेकशनले निर्देशन र संचालन गर्छ ।
यो पर्स दुई मोडमा संचालित हुन्छ । एकमा सेभ मोड छ, जसले बचत गर्छ भने अर्को कन्जम्सन मोड छ, जसको आधारमा तपाई नगद खर्च गर्न सक्नु हुन्छ । रकम कम हुँदै गएको बेला खर्च गर्न खोजे भाग्ने यो पर्सलाई तपाईले जवर्जस्ती खर्च गर्न खोजे रोएको आवाजका साथ सहयोग पनि माग्छ ।
यो हाइटेक पर्स यति छुच्चो छ कि, तपाईले फजुल खर्च गर्दा आमालाई फोन वा इमेलमार्फत उजुरी पनि गरिदिन्छ । तर, तपाईको पर्समा धेरै पैसा छ भने यसले किनमेलका लागि हरियो झण्डासमेत देखाउँछ ।
0 comments
Write Down Your Responses