रेडकर्नर नोटिसमा ७९ नेपाली

भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाडौं, कार्तिक २ - विभिन्न अपराध अभियोगमा ७९ नेपाली रेडकर्नर नोटिसमा परेका छन् । चोरी, ठगी र हत्याजस्ता गम्भीर अपराधमा ९ मुलुकले उनीहरूविरुद्ध नोटिस जारी गरेका हुन् ।



सबैभन्दा बढी भारतीय इन्टरपोलले २५ नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी गरेको छ । कतारको दोहास्थित इन्टरपोलले २० जनाविरुद्ध, यूएईले १३ र अमेरिकाले ४ जनाविरुद्ध नोटिस जारी गरेको छ । नेपालमै १३ नेपालीविरुद्ध नोटिस जारी छ । यस्तै साउदी अरेबियाले ३, बेलरुस र बहराइनले १/१ जनाविरुद्ध नोटिस जारी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नयाँदिल्लीले चोरी, डाँका ठगी र हत्या आरोपमा नोटिस जारी गरेको हो भने कतार, दुबई र यूएईमा धेरैजसो नेपालीलाई चेक बाउन्स र ठगीका मुद्दामा नोटिस जारी भएका छन् । अमेरिकाले यौन दुव्र्यवहार र ठगी आरोपमा नोटिस जारी गरेको हो । नेपालले इन्टरपोलमार्फत खोजी गरेकामा वैदेशिक रोजगारमा ठगी, हत्या, अपहरण र बलत्कारजस्ता अपराध छन् ।

नेपालमा गम्भीर प्रकृतिका आरोप लागेकाहरू विदेश भागेको वा लुकेको शंका गर्दै इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी हुने गरेको छ । अदालतले पक्राउ पुर्जी जारी गरेकालाई मात्र रेडकर्नर नोटिस जारी हुने गर्छ ।

नेपालद्वारा जारी नोटिसमा परेकामध्ये २०६६ मा सञ्चार उद्यमी जमिम शाहको हत्या हुँदा मिलेमतो गरेका नेपाल प्रहरीका पूर्वडीएसपी जगदीश चन्द इन्टरपोलको फरार सूचीमा छन् । उनलाई नेपालले फरारको सूचीमा राखेको हो । यस घटनाका मुख्य अभियुक्त बब्बु भनिने दीपक शाही भारतीय नागरिक हुन् । उनले त्यतिबेला नै राजधानी छाडिसकेको निष्कर्ष प्रहरीले निकालेको थियो । इन्टरपोलमार्फत उनको खोजी गरिए पनि फेला परेका छैनन् ।

वैदेशिक रोजगारको ठगीमा काठमाडौंका भूपेन्द्र खड्का फरार छन् । उनलाई वैदेशिक रोजगार विभागले ४ करोड ५० लाख रुपैयाँको ठगी आरोपमा नोटिस जारी गरेको हो । खड्काले ६ नेपालीलाई विदेश पठाउने भन्दै ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नुवाकोटका विष्णुबहादुर लामा र रामबहादुर तामाङसहित ३ जनालाई वैदेशिक रोजगारमै २ करोड १० लाख ठगी अभियोगमा रेडकर्नर नोटिस जारी छ ।

एक देशमा अपराध गरी अर्को मुलुकमा लुकेर बस्न सक्ने भएकाले रेडकर्नर नोटिस जारी गरी त्यस्ता अपराधीलाई खोजी गरिन्छ । नोटिस जारी भएपछि इन्टरपोलको सदस्यता प्राप्त गरेका मुलुकले अर्को मुलुकका अपराधीलाई फेला पारे सम्बन्धित देशलाई बुझाउनुपर्छ । विभिन्न मुलुकमा लुकी बसेका अपराधीलाई पक्राउ गर्न विश्वभरका प्रहरी संगठनबीच सहकार्यका निम्ति अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) सन् १९२३ मा गठन गरिएको हो । सन् १९९७ मा आबद्ध भएको नेपाल इन्टरपोलको सयौं नम्बरको सदस्य हो । इन्टरपोलमा हालसम्म १ सय ९० देश सदस्य छन् ।

वरिष्ठ न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटाकी छोरी मेघा देवकोटालाई अपहरण गर्ने ३ जना पनि इन्टरपोलको रेडकर्नर नोटिसमा छन् । अपहरणका मुख्य योजनाकार केशव दर्लामी मगर, राजेश छेत्री भनिने गोकुल गिरी र राजु थापा इन्टरपोलको सूचीमा फरार छन् ।

इन्टरपोल सूचीमा भारतीय जाली नोटको कारोबारमा कैद काट्दै गर्दा फरार भएका पाकिस्तानी नागरिक मोहम्मद जामिल पनि छन् । वन्यजन्तुको छाला गैरकानुनी रूपमा राखेका अमेरिकी नागरिक इयान वाकर पनि फरार छन् । नेपाल प्रहरीका अनुसार विदेशी नागरिक त्यो देशमा अपराध गरेर नेपाल आएको अवस्थामा फर्काउन मिल्छ । तर अन्य देशमा अपराध गरेका नेपाली नेपालमा फेला परे पनि पक्राउ गरेर पठाउन सक्ने अवस्था छैन । नेपालमा सुपुर्दगी सन्धि नभएका कारण नेपाली नागरिकलाई पक्राउ गरेर दोस्रो मुलुक पठाउन नमिल्ने प्रहरीको भनाइ छ । नेपालले विदेशीले उसको मुलुकमा अपराध गरेर नेपालमा बसेको पाए उसलाई त्यही देशमा पठाइदिने गरेका उदाहरण प्रशस्त छन् । २०६३ मा भारतमा किड्नी निकालेर बिक्री गरी फरार रहेका भारतीय डाक्टर अमित कुमारलाई चितवनमा पक्राउ गरेर भारतको जिम्मा लगाइएको थियो । source : ekantipur

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses