तिहार सुरु, भाइटीकाको उत्तम साइत ११ बजेर २७ मिनेटमा

भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाडौं, १५ कात्तिक । आजदेखि हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । कात्तिक कृष्ण पक्ष त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने चाड तिहार आजदेखि सुरु हुन लागेको हो ।



यम पञ्चकको पहिलो दिन कागको पूजा गर्दै काग तिहार मनाइँदै छ । कागलाई मीठो-मीठो खान दिएर काग तिहार मनाइन्छ । शुभ -अशुभ दुवै प्रकारका सन्देश बाहकका रूपमा कागलाई प्रत्येक दिन बिहान खाना खानअघि घरको कौसी वा छानामा भात पन्छाउने चलन भए पनि यस दिन रोटीका साथै अन्य परिकारसमेत खुवाउने गरिन्छ । कागले अशुभ सन्देश पनि ल्याउने हुनाले काग कराउनसाथ ‘शुभबोल’ भन्ने चलन छ ।

आज नै आयुर्वेदका प्रणेता धन्वन्तरी जयन्ती पनि मनाइँदै छ । भैषशास्त्रका धनन्वन्तरिले अवतार लिएको शास्त्रोक्तकथन अनुसार धनत्रयोदशी मानेर वैद्यराजहरूले धन्वन्तरि पूजा गर्ने परम्परा छ । यस दिनदेखि भाइटीकासम्म यम पञ्चक मनाइन्छ ।

तिहारभर विशेष प्रकारको गीत गाएर घरघरमा गई भैलो र द्यौसी खेल्ने गरिन्छ शनिबार घरको रक्षक एवं द्वारपाल कुकुरको पूजा गरेर कुकुर तिहार मनाइने छ । त्यही दिन पितृ उद्धारका लागि नर्के पनि बगाइँदै छ । टपरी वा दुनामा बत्ती राखेर पानीमा बगाउँदा पितृको मोक्ष हुने विश्वास छ । यसैगरी, आइतबार घरघरमा दीपावली गर्दै धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै छ । यसै दिन भैलो पनि खेल्ने चलन छ । सोमबार कात्तिक १८ गते गोवद्र्धन पहाडको पूजा गरिँदै छ । यसै दिन अमृत दूधपान गराउने गाई र खेतबारीमा प्रयोग हुने गोरुको सम्मान गरी पूजा पनि गरिन्छ ।

भाइटीकाको उत्तम साइतयस वर्षको तिहारको भाइटीकाको उत्तम साइत १९ कात्तिकको बिहान ११ बजेर २७ मिनेटमा रहेको छ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार उत्तम साइतमा टीका लगाउन नपाउनेले दिनभर टीका लगाउँदा पनि शुभ हुनेछ ।

‘भाइटीकाको उत्तम साइत १९ कात्तिकको बिहान ११ बजेर २७ मिनेट जाँदा हो,’ समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले भने, ‘उत्तम साइतमा नभ्याउनले दिनभर लगाउँदा पनि शुभ हुन्छ ।’ उनले साइत खोज्नेहरूका लागि मात्र यो साइत भएको बताए । ‘यो साइत खोज्नेका लागि मात्र हो, दिनभर नै टीका लगाउन सकिन्छ,’ उनले भने ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses