चुनावपछि प्रचण्ड राष्ट्रपति, बाबुराम प्रधानमन्त्री अवश्य हुन्छ : हिसिला यमी

भिडियो हेर्न तल क्लिक गर्नुहोस

११ कात्तिक, काठमाडौं । एमाओवादीका नेतृ हिसिला यमीले मंसिर ४ गतेको निर्वाचनपछि पार्टी अध्यक्ष प्रचण्ड राष्ट्रपति र नेता डा. बाबुराम भटटराई प्रधानमन्त्री बन्ने दावी गर्नु भएको छ । आगामी निर्वाचनमा पनि पार्टीको पहिलो संविधानसभाको परिणाम भन्दा कम नआउने बरु बढेर बहुमत आउने उहाँको दावी थियो ।



रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा काठमाडौं क्षेत्र नम्बर ६ की उमेदवार समेत रहेकी यमीले निर्वाचनपछि राष्ट्रपतिको पनि चुनाव हुनु पर्ने बताउनुभयो । कांग्रेसले एमाओवादीको घोषणापत्रलाई पच्छ्याएको र एमालेले कांग्रेसको घोषणापत्रलाई पच्छ्याएको उहाँको भनाई थियो ।

कांग्रेस प्रचार विभाग प्रमुख डा. मिनेन्द्र रिजालले माओवादीले बहिस्कारको नाममा निर्वाचनमा हिंसा मच्याए पनि निर्वाचन रोक्न नसक्ने दावी गनुृभयो । मुलुककै सबैभन्दा ठूलो गोलमेच सम्मेलन संविधानसभालाई भाड्न खोज्नु आत्मघाती हुने उहाँको चेतावनी थियो । नेकपा-माओवादीको राजनीतिक आवरणमा अपराध समेत हुन थालेको भन्दै उहाँले माओवादीलाई गाली गर्ने एमाओवादी आफै अरुलाई धम्क्याउन लागेकोले अब उसँग माओवादीलाई गाली गर्ने नैतिकता नरहेको बताउनुभयो ।

कार्यक्रममा एमाले सचिव युवराज ज्ञावलीले एमाले बहुमतसहित वा नभए पनि मुलुकको ठूलो पार्टी बन्ने दावी गर्नुभयो । माओवादीको नाममा एमाओवादी नै अशान्ति गरेर निर्वाचन रोक्न लागेको आशंका ब्यक्त गर्दै उहाँले निर्वाचन बहिस्कार वा भाड्ने काम उनीहरुकै लागि आत्मघाती हुने चेतावनी दिनुभयो ।onlinekhabar

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses