Bichitra,
Video
»
हेलिकप्टर उडाएर खोलियो बियरको बिर्को...(भिडियोसहित)
हेलिकप्टर उडाएर खोलियो बियरको बिर्को...(भिडियोसहित)
तपाईले बियरको बोतलको बिर्को कसरी खोल्नु हुन्छ ? ओपनर प्रयोग गरेर या आफ्नो दाँतले । तर के तपाईले हेलिकप्टरले बियरको बिर्को खोलेको देख्नु भएको छ ? पक्कै पनि छैन् होला । तर, चीनमा यस्तै घटना घटेको छ । एक पाइलटले हेलिकप्टरको प्रयोग गरेर बियरको बोतल खोलेका छन् ।

चीनमा भएको एक प्रतियोगितामा एक पाइलतले खम्बामा राखिएको एक बियरको बोतलको बिर्को हेलिकप्टरको प्रयोग गरेर खोलेका थिए । उनले यसरी बियरको बोलत खोलेर एयरक्राफ्टमा आफ्नो नियन्त्रण देखाएका थिए । उनलाई यो ठुलो चुनौती थियो, तर उनले निकै सुरक्षित तरिकाले बियरको बोलतलाई केही हुन नदिएर उक्त बोलतको बिर्को खोलेका थिए ।
चीनमा यो एक प्रतियोगितानै गरिएको थियो । उक्त प्रतियोगितामा ८ मिनेटमा खम्बामा राखिएको पाँच बियरको बोलत खोल्नुपर्थ्यो । उक्त प्रतियोगितामा भाग लिएका एक प्रतियोगीले तीन वटा मात्र बियरको बोलत खोल्न सफल भएका थिए र उनीनै उक्त प्रतियोगिताको विजेता बनेका थिए ।
हेरौ कसरी खोलियो बियरको बोलत भिडियोमा...
source : nepaliheadlines
अन्य भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस्
0 comments
Write Down Your Responses