प्रचार र बहिष्कारको एउटै भाँडो फेसबुक

भिडियो हेर्न तल क्लिक गर्नुहोस

बुटवल, ९ कात्तिक । संविधानसभा निर्वाचनको मिति नजिकिदै जादाँ निर्वाचन प्रचारदेखि बहिस्कारको प्रचार गर्न समेत फेसबुकको आक्रामक रुपमा प्रयोग भएको छ । उम्मेदवारको पक्षमा बनाइएका फेसबुसदेखि बहिस्कारका पक्षमा रहेका बहिस्कारवादीहरुले समेत फेसबुक प्रयोग गरिरहेका छन् ।



उनीहरुका फेसबुक भित्ता समेत निर्वाचन बहिस्कार जस्तै आक्रामक हुँदै गएका छन् । ३३ दलीय मोर्चामा आबद्ध जनमोर्चाका अध्यक्ष भरत दाहाल लेख्छन्– ‘आधा जनसंख्यालाई पाखा लगाएर निर्वाचन प्रयोजन गर्न हुने तर बहिस्कार गर्न किन हुँदैन ।’ त्यस्तै बहिस्कारबादीहरुका साथै उनीहरुका विदेशमा रहेका सर्मथकहरुले समेत बहिस्कारको पक्षमा फेसबुकमा स्टाटस राखेका छन् ।

नेकपा– माओवादी निकट जनप्रगतिशिल मोर्चा साउदी अरबका अध्यक्ष विक्रम पौडेलले ‘सबैलाई हेरियो पटकपकट, चुपचाप बसौं एकपटक’ भन्ने पोस्ट गरेर बहिस्कारको प्रचार गरेका छन् । त्यसका साथै बहिस्कारबादीहरुले आफ्ना गाउँ जिल्ला राज्य र नगर कमिटिका फेसबुक एकाउन्ट खोलेर बहिस्कार आन्दोलनको प्रचार गरेका छन् । नेकपा–माओवादी फुजेल गोर्खाको फेसबुक वालमा राष्ट्रिय स्वाधीनताको रक्षाका लागि बहिस्कार अनिवार्य रहेको उल्लेख छ ।

त्यसैगरी बहिस्कारका पक्षमा रहेका नेकपा एकीकृत, क्रान्तिकारी कम्युनिष्ट पार्टी, लिम्बुवानलगायतका दलका कार्यकर्ता र समर्थक तथा जनवर्गीय संगठनका नाममा समेत उनीहरुले समेत बहिस्कारको पक्षमा फेसबुक प्रयोग गरेका छन् । मञ्च सम्बद्ध लिम्बुवान साउदी अरबको एकाउन्टमा लिम्बुवान भोलिन्टयरको बहिस्कार आन्दोलनको कार्यक्रम प्रचार गरिएको छ ।

त्यस्तै बहिस्कावादीहरुले फेसबुकमार्फत धम्कीको भाषा समेत प्रयोग गर्दै बहिस्कार प्रति आक्रामक हुँदै छन् । माओवादी निकट रत्न तामांग लेख्छन्– ‘धम्क्याएर माओवादी तर्सिन्छ भनेर कसैले नसोचे हुन्छ ।’

माओवादी रोल्पा र जनस्वयमसेवकको फेसबुकमा चुनाव बहिस्कार गर्न अपिल गरिएको छ भने अखिल क्रान्तिकारी अबध राज्य समितिको स्टाटसमा समेत बहिस्कारका तस्विरहरु पोस्ट गरिएको छ । निर्वाचनका पक्षमा र विपक्षमा भरिएका स्टाटसहरु देख्दा फेसबुकमा समेत विचारहरु विभाजित भएको देख्न सकिन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses