पत्नीले फेसबुकमा विवाहको फोटो अपलोड गरिदिएपछी पतिद्धारा आत्महत्या |

भिडियो हेर्न तल क्लिक गर्नुहोस

११ कार्तिक, काठमाडौ । एक पत्नीले फेसबुकमा विवाहको फोटो अपलोड गरिदिएपछी पतिले आत्महत्या गरेका छन् । एक सफ्टवेयर इन्जिनियरले आइतबार दक्षिण चेन्नईका मायलापोरमा आफ्नै घरमा आत्महत्या गरिदिएका छन्



अंग्रेजी अखबार द इन्डियन एक्सप्रेसका अनुसार झारखण्ड निवासी २९ वर्षीय चन्दन कुमारले आफ्नो घर परिवारको इच्छाबिना विवाह गरेका थिए । यी दुवै एकै कम्पनीमा काम गर्दै आएका थिए । काम गर्ने क्रममा यी दुई प्रेममा परे र चन्दनको परिवारको इच्छा विपरित यी दुईले कोर्ट म्यारिज गरे ।

विवाहपछी सन्ध्याले विवाहका तस्विर फेसबुकमा अपलोड गरिन् र चन्दनलाई ट्याग गरिदिइन् । यसरी सन्ध्याले फोटो ट्याग गरेपछी चन्दनका परिवारले उनले विवाह गरेको थाहा पाएका थिए । यसरी परिवारले थाहा पाएको भन्दै चन्दनले सन्ध्यालाई उक्त फोटो हटाउन आग्रह गरे तर सन्ध्याले नमानेपछि यी दुईबीच तनाव उत्पन्न भएको थियो ।

उनीहरूबीच झगडा नै भएपछी यी दुई शनिबार फरक-फरक कोठामा सुतेका थिए । आइतबार बिहान चन्दन बाहिर ननिस्किएपछी सन्ध्या कोठामा जाँदा चन्दनको लास भेटेकी थिइन् । चन्दनले पंखामा झुण्डिएर आत्महत्या गरेका थिए । चन्दनले सुसाइड नोटमा आफूले पत्नी सन्ध्यालाई माया गर्ने तर फोटो नहटाएपछी आफु उनीसँग निकै रिसाएको लेखेका थिए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses