National News
»
चुनावी प्रचारका अनौठा शैली-धान कुट्ने, गोरु जोत्ने र कार्यकर्ताको काँध चढ्नेसम्म
चुनावी प्रचारका अनौठा शैली-धान कुट्ने, गोरु जोत्ने र कार्यकर्ताको काँध चढ्नेसम्म
१३ कात्तिक, काठमाण्डौं । आगामि मंसिर ४ मा हुने निर्वाचनको प्रचारका लागि उम्मेदवारहरुले अनेकौं उपाय अपनाउन थालेका छन् । घर दैलो अभियानमा रहेका नेताहरुले आ आफ्नो क्षेत्र भित्र रहेका मतदाताको घरमा गएर उनीहरुले गरिरहेको काममा साथ दिएर मत माग्दै आएका छन् ।
उनीहरुले जनताको काममा आफ्नो सँधै साथ रहने भन्दै प्रचारमा हिँडेका टोलीलाई उम्मेदवारले सोही काममा खटाएर मन जित्न प्रयास गरेको नयाँ पत्रिकामा खबर छ ।
गुल्मीमा चुनावी प्रचारमा हिँडेको एमाओवादीको टोलीले धान चुट्दै गरेका किसानलाई सघाउँदै मत मागेका छन् । यता कांग्रेस उपसभापति तथा उम्मेदवार रामचन्द्र पौडेलले तनहुँको गाउँमा आरमा परेर दलितहरुलाई हात जोड्दै मत मागेका छन् ।
कैलालीमा एमालेकी समानुपातिक उम्मेदवार चुनकुमारी चौधरीले कैलालीमा हलो जोतिरहेका किसानसँग बारीमै गएर भोट मागेकी थिइन् ।
यस्तै मधेसी दलका नेताहरु भने कार्यकर्ताको काँधमा चढेर तथा पैदल हिँडेर चुनावको प्रचार गरिरहेका छन् । नेताहरु स्थानीय कार्यकर्तासँग हातेमालो गर्दै घरदैलो अभियानमा जुटेका छन् ।
0 comments
Write Down Your Responses