भ्रष्टाचार प्रमाणित भए जेल जान्छु : हिसिला यमी
८ कात्तिक, काठमाण्डौं । एकीकृत नेकपा माओवादीकी नेतृ हिसिला यमीले आफूले भ्रष्टाचार नगरेको दाबी गर्नुभएको छ । चुनावी प्रचारका लागि घर दैलो अभियानमा रहनुभएकी यमीले भ्रष्टाचार गरेको प्रमाणित भए आफू जेल जान तयार रहेको बताउनुभयो ।
घर दैलो अभियानका क्रममा बनस्थलीको बोहोराटार पुगेकी यमीलाई एमाओवादी भ्रष्टचारीको पाटी हो भन्दै स्थानीयबासीले गुनासो गरेका थिए । उक्त गुनासो आएपछि यमीले आफूहरुले कुनै भ्रष्टाचार नगरेको र त्यस्तो कहिँ भए आफूलाई देखाउन चुनौति दिनुभयाये । यमीले भन्नुभयो- ‘मैले कुनै भ्रष्टाचार गरेको छैन र गर्ने पनि छैन । यदि कसैले भ्रष्टाचार गरेको प्रमाणित गर्न सक्छ भने म आजैका दिन जेल जान तयार छु ।’ आफू सबैकुरा खुलस्त राख्ने प्रष्ट व्यक्ति भएकाले यस्तो आरोप लाग्ने गरेको उहाँको दाबी थियो ।
आफू मन्त्री हुँदा कमाएको केही पैसा अझै पनि बैंक खातामा रहेको र त्यो सर्वसाधरण जनताका लागि खुल्ला रहेको भन्दै आफू सदैव जनताकै पक्षमा काम गर्ने प्रतिवद्धतासमेत जनाउनुभयो ।
0 comments
Write Down Your Responses