पदम कुँवरको चुनावी प्रचार एमाओवादीले रोक्यो
काठमाडौं, ७ कात्तिक । मंसिर ४ मा हुने संविधानसभा निर्वाचनका उम्मेदवारहरुले आफ्नो चुनावी प्रचार प्रसारलाई तीव्र पारेको छन् । तर कुनै यस्ता उम्मेदवार छन् जसले आफ्नो प्रचार प्रसार गर्न पाएका छैनन् । उनको चुनावी प्रचारमा जबरजस्ती रोक लगाइएको छ ।
ती उम्मेदवार हुन, काठमाडौं क्षेत्र नं १० का स्वतन्त्र उम्मेदवार पदम कुँवर । उनी एमाओवादी अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डका प्रतिद्वन्द्वी छन् । कुँवरले बुधबार गर्ने भनिएको कार्यक्रम एमाओवादीको प्रत्यक्ष दवावमा रोकिएको छ । कीर्तिपुर नयाँबजारस्थित कृष्ण पार्टी प्यालेसमा गर्ने कार्यक्रम थियो ।
पार्टी प्यालेसमा आफ्ना समर्थनहरुलाई बोलाएर कुँवरले चियापानको आयोजना गर्ने तयारी गरेका थिए । वाइसीएलका नेता रामप्रसाद सापकोटाले आफूले उक्त कार्यक्रम गर्न नदिएको स्वीकार गरेका छन् ।
मंगलबार नै प्रचार कार्यक्रम हुने तय गरेका कुँवरले पक्षहरुसहित बुधबार पार्टी प्यालेस पुगेका थिए । तर प्यालेस सञ्चालकले कार्यक्रम गर्न नसक्ने जनाकारी कुँवरलाई गराए ।
जानकारहरुका अनुसार नेकपा माओवादीको समर्थन रहेका कुँवरले प्रचण्डलको चुनावी कार्यक्रम हुने थाहा पाएरनै आफ्नो कार्यक्रम जुधाएका थिए ।
उनले एक वर्षअघि काठमाडौं भृकुटीमण्डपमा भएको कार्यक्रममा प्रचण्डलाई झापड हानेका थिए । उक्त समाचार आजको अन्नपूर्ण पोस्टले प्रकाशित गरेको छ ।
0 comments
Write Down Your Responses