चक्कु घुसेको टाउको लिएर अस्पताल पुगेपछि... |

भिडियो हेर्न तल क्लिक गर्नुहोस

१५ कार्तिक, एजेन्सी । टाउकोमा करिब १० इन्च लामो चक्कु घुसेपछी एक व्यक्ति हिडेरै आफ्नो उपचारका लागि अस्पताल पुगेका छन् ।



आफ्ना साथीहरूसँग रमाइलो गर्ने क्रममा भएको दुर्घटनामा उनको टाउकोमा चक्कु घुसेको थियो । चिकित्सकहरूका अनुसार लग नामका ती व्यक्तिले आफ्नो मृत्युलाई समेत झुक्याएका छन् । यसरी टाउकोमा चक्कु घुसेपछी मानिसको जिवित रहनु निकै अनौठो घटना भएको समेत चिकित्सकहरूले जनाएका छन् ।

चीनको पूर्वी प्रान्त जिलिनमा एक अस्पतालमा पुगेका लगले अस्पतालका कर्मचारीसँग के म चिकित्सकलाई भेट्न सक्छु भनेका थिए । उक्त स्टाफका अनुसार लग निकै शान्त देखिएका थिए । ती स्टाफले आफूलाई लगले कुनै नाटक गरिरहेको जस्तो लागेको तर नजिकै गएर हेर्दा ऊ जीवनको अन्तिम अवस्थामा पुगेको आफूले पाएको बताएका छन् ।

यसपछी चिकित्सकले गरेको एक्सरेमा चक्कु टाउकोको बाँयापट्टीको भागमा घुसेको भएपनि उक्त भागमा रहेको मुख्य रक्तनलीमा कुनै असर नपरेको देखिएको थियो । चिकित्सकहरूले तीन घण्टाको शल्यक्रियापछी उक्त चक्कु बाहिर निकालेका थिए । यसपछी चिकित्सकहरूलाई लगले म घर जान सक्छु भन्दै प्रश्न गरेका थिए ।

यस घटनाबारे जानकारी लिन खोज्दा लगले घटनाबारे जानकारी दिन मानेनन् तर, उनले साथीहरूसँग रमाईलो गर्दा दुर्घटना भएको र टाउकोमा चक्कु घुसेको बताएका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

,

0 comments

Write Down Your Responses