तीन दिनदेखि गर्भमा मृत शिशु, उपचार गर्ने पैसा छैन्

भिडियो हेर्न तल क्लिक गर्नुहोस

२० साउन, काठमाण्डौं । सरकारले वर्षेनी सुरक्षित मातृत्व कार्यक्रमका नाममा डेढअर्ब रुपैयाँ खर्च गर्छ, मुगु, रोवा ९ की लछिमा बुढा भने आर्थिक अभावले तीनदिनदेखि गर्भमा मरेको शिशु बोकेर सदरमुकाम गमगढीमा मृत्युसँग लडिरहेकी छन् ।
तीनदिन अघि गर्भमा रहेको शिशु चल्न छाडेर असजिलो भएपछि उपचारका लागि गमगढीस्थित जिल्ला अस्पताल आएकी उनको अझै उपचार सुरु भएको छैन् । सदरमुकामबाट चार घन्टा टाढा रोवा ९, शोभागाउँकी बुढालाई बिहीबार स्वास्थ्य समस्या देखिएपछि शुक्रबार पति धनी बुढाले एक महिला आफन्तसाथ अस्पताल लिएर आए । अस्पतालले शिशु गर्भमै मरिसकेको भिडियो एक्सरेबाट पत्ता लगाए पनि उपचार सुरु गरेन, बरु अन्यत्रै रेफर गरेर भन्झट पन्छायो ।
जिल्ला अस्पतालका स्वयंसेवक फिलिपिनो चिकित्सकले अवस्था गम्भीर भएकाले बिरामीलाई जुम्ला वा नेपालगन्ज रेफर गरिन् । त्यसका लागि आफूहरुसँग रकम नभएको परिवारले जनाएको छ । जिल्ला अस्पतालका अस्थायी र करार चिकित्सक लोकसेवा तयारीका लागि बाहिर गएकाले अस्पतालमा सरकारी चिकित्सक नभएको नागरिक दैनिकमा खबर छ ।
४२ वर्षकी लछिमाको यो चौथो गर्भ हो । उनका दुई छोरा, एक छोरी छन् । पेट दुख्ने, शरीर सुन्निने समस्याले उनको अवस्था गम्भिर हुँदै गएको छ । चार दिनयता उनको मुखमा अन्नसमेत परेको छैन् ।
लछिमाका श्रीमान धनी बुढाले श्रीमतीको यस्तो हादत हुँदा पनि पैसा नभएर उपचारका लागि बाहिर लैजान नसकेको बताए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses