सुन्धाराको गेष्ट हाउसको बाथरूममा युवतीको हत्या
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |
२३ साउन, काठमाडौ । सुन्धाराको एक गेष्टहाउसमा एक युवतीको घाँटी रेटी हत्या गरिएको छ । मंगलबार दिउँसो सुन्धाराको पर्वत शिखर गेष्टहाउसमा अन्दाजी २५ वर्षकी युवतीको घाँटी रेटी हत्या गरिएको हो ।

मृतक युवतीको पहिचान खुल्न नसकेको प्रहरीको भनाई छ । युवतीको एक युवकले हत्या गरेको प्रहरीले बताएको छ । उक्त गेष्ट हाउसमा एक युवकले ती युवतीलाई मंगलबार बिहान करिब १० बजेतिर ल्याएका थिए ।
युवतीको हत्या पश्चात ती युवक फरार रहेको प्रहरीले जनाएको छ । केही समयो लागी भन्दै होटेलको कोठा बुक गरेका युवकलाई खानाबारे सोध्दा आफु एटिएमबाट पैसा निकालेर आएर खाना खाने बताँउदै बाहिर निस्केको र धेरै समयसम्म पनि ती युवक नफर्केपछी होटेलका कर्मचारीले कोठामा हेर्दा रगत देखेपछी कोठाभित्र हेर्दा बाथरूममा युवतीको लास देखेका थिए ।
होटेलको बाथरूममा लास देखेपछी डराएका होटेलका कर्मचारीले प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए । प्रहरीले अनुसन्धानका क्रममा होटेलमा कोठा बुक गर्दा टिपाइएको नम्बर र ती युवकको नामको खोजी गर्दा दुवै गलत भेटिएको थियो भने युवकले टिपाएको टेलिफोन नम्बर प्रहरी अधिकारीकै भएको खुलेको छ ।
होटेलका कर्मचारीहरूका अनुसार उक्त हत्या करिब १२ बजेतिर भएको हुनसक्ने अनुमान गरेको छ भने प्रहरीले ती युवती विवाहित युवती भएको तर उनको परिचय खुल्ने कुनै पनि प्रमाण फेला नपरेको प्रहरीको भनाई उदृत गर्दै नयाँ पत्रिका दैनिकले यो समाचार प्रकाशित गरेको छ ।

0 comments
Write Down Your Responses