सरकारले वार्तामा बोलाएपछि किशोर विश्वास मख्ख
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
१७ साउन, काठमाडौं । बाधा अड्काऊ फुकाउने २५ बूँदे आदेश खारेज नभएसम्म रेग्मी सरकारसँग वार्ता गर्नुहुँदैन भन्दै वैद्य माओवादीबाट अलग भएको किशोर विश्वास नेतृत्वको संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा र सरकारवीच विहीबार पहिलो चरणको वार्ता भएको छ ।
ललितपुरको होटल समिटमा आयोजित वार्तामा किशोर विश्वाससहित साना ८ दलका नेताहरु सहभागी भएका छन् । वैद्य नेतृत्वको ३३ दलीय मोर्चाबाट अलग भएपछि सरकारले अलग्गै पत्र लेखेर मोर्चालाई वार्तामा बोलाएको थियो । वैद्य नेतृत्वको ३३ दलीय मोर्चामा रहँदा विश्वासले रेग्मी सरकारसँग वार्ता गर्न नहुने र राष्ट्रपतिसँगमात्रै वार्तामा बस्नुपर्ने अडान राख्दै आउनुभएको थियो ।
वैद्य माओवादीले वार्तासमिति बनाएकोमा समेत विश्वासले आपत्ति जनाउनुभएको थियो । तर, आफ्नै नाममा सरकारले पत्र लेखेपछि विश्वासको मोर्चा आफ्नो पूर्वअडान छाडेर मख्ख पर्दै तारे होटलमा वार्तामा बसेको हो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses