ललितपुरमा थप एक स्थानमा बर्ड फ्लु , ८ हजार कुखुरा मारिंदै

भिडियो हेर्न तल क्लिक गर्नुहोस

ललितपुर, श्रावण २३ - ललितपुरको झरुवारासी गाविसमा सञ्चालित तीन वटा कुखुरा फर्ममा बर्ड फ्लुको संक्रमण भेटिएको छ । चम्पापुर हृयाचरी अन्तर्गतका ३ वटा र्फममा रहेका झण्डैं ८ हजार कुखुरा र चल्लाहरु पशु कार्यालयबाट खटिएको प्राविधिक टोलीले नष्ट गर्दैछ । कुखुराहरु मर्न थालेपछि परिक्षणबाट बर्ड फ्लुको संक्रमण पुष्टि भएको हो ।



संक्रमण पुष्टि भएलगत्तै मंगलवार रातिदेखि कुखुरा मार्न थालिएको पशु कार्यालय ललितपुरका प्रमुख मोगलप्रसाद साहले बताए । उनका अनुसार पुष्टि हुनुअघि नै झण्डैं १५०० कुखुरा आफै मरेको व्यवसायीले बताएका छन् ।

केन्दि्रय विशेषज्ञ सहितको टोली घटनास्थल पुगेर कुखुरा मार्ने संक्रमित क्षेत्र निर्मलिकरण गर्ने काम गरिरहेको छ । र्फम वरपरका स्थानियबासिन्दा त्रसित भएका छन् । संक्रमण भेटिएपछि चापागाउँ नाकामा चेक जाँचमा कडाई गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses