शीतल निवासबाट रामकृष्णको एल्बम

भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाडौं- गायक रामकृष्ण ढकालले १३ वटा एकल एल्बम निकालिसकेका छन्। तर १४ औं एल्बम निकाल्ने तरखरमा रहेका ढकालको यसपटकको उत्साह हेर्न लायक छ। ‘पहिला त मेरो एल्बम राष्ट्रपतिको हातबाट सार्वजनिक हुँदैछ। दोस्रो यो एल्बममा लता मंगेशकरसँग गाएको युगल गीत छ,’ उनले भने।



दक्षिण एसियामा सबैभन्दा बढी गीत गाउने रेकर्ड होल्डर लतासँग युगल गीत गाउनु कुनै पनि गायकको सपना हो। उनले लतासँगै यसरी ऐतिहासिक गीत गाए जुन गीतबाट उनले आफ्नो १४ औं एकल एल्बमको शीर्षक नै जुराएका छन्, ‘बाचुञ्जेल।’

रामकृष्णले एल्बमको विमोचन राष्ट्रपतिको हातबाट गराउने इच्छालाई पनि यसैसँगै जोडे। ‘लता मंगेशकर जस्तो लिजेन्डको व्यक्तित्वलाई न्याय हुन्छ भन्ने लागेकोले राष्ट्रपटिको हातबाट एल्बम विमोचन गराउन लागेका हौं। लतालाई नेपालको तर्फबाट उपहार पनि प्रदान गर्ने योजना छ,’ ढकालले भने। ढकालले उपहार लिन भारतबाट लताका प्रतिनिधि आउने पनि जानकारी गराए।

लताले यस अघि दुइटा मात्र नेपाली गीत गाएकी छन्। जयदेवको संगीतमा तयार भएको माइतीघर फिल्मका लागि ‘जुन माटोमा र हेमन्त कुमारको संगीतमा ‘आकाशका तिर्मिरे’। दुवै गीत महेन्द्र शाहले रचना गरेका थिए भने संगीत दिने दुवै भारतीय थिए। ‘तर नेपाली संगीतकारले संगीत गरेको गीत गाएको भने पहिलो नै हो,’ ढकालले भने। आनन्द अधिकारीको रचनामा शिखर सन्तोषले गीत तयार गरेका हुन्।

लतासँग गाएको युगल गीतबाहेक रामकृष्णले एल्बममा सात गीत समेटेका छन्। तीनवटा गीत भने उनले पहिलै गाइसकेका समेटेका छन्। ‘हाम्रो सुन्दर संसार थियो’, ‘बिहान उठ्ने बित्तिकै’ र ‘जिन्दगीले यसरी धोका दियो कि’ उनका पुराना गीत हुन्। यसलाई नयाँ स्वरुपमा रेकर्ड गराइएको हो।

एल्बममा भुपेन्द्र खड्काको रचनामा कालीप्रसाद बास्कोटाको संगीत रहेको ‘कुन हुरीले’, दीपेन अधिकारीको रचनामा शिखर सन्तोषकै संगीत रहेको ‘वेदनाको बाध्यताले’ र ‘सुवास गौतमको रचनामा किरण कँडेलको संगीत रहेको ‘नभए तिमी’ एल्बमका ताजा गीतको रुपमा रहनेछन्।

ढकालले नयाँ एल्बमका दुइटा गीतको भिडियो बनेको पनि जानकारी गराए। आफ्नै कम्पनी रानी म्युजिकमार्फत् बजारमा आउन लागेको एल्बम भदौ १ मा राष्ट्रपति भवनमा विमोचित हुँदैछ।

भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses