४२ मिनेट मरेर फर्कीइन् एक महिला |

भिडियो हेर्न तल क्लिक गर्नुहोस

३ भदौ, एजेन्सी । अष्ट्रेलियाकी एक महिलालाई चिकित्सकहरुले मृत घोषित गरेका थिए । तर, चिकित्सकहरूले मृत् घोषित गरेको करिब ४२ मिनेटपछी ती महिलाले पुनःजीवन पाएपछी चिकित्सकहरू समेत चकित भएका थिए ।



दुई सन्तानकी आमा ४१ वर्षीय भेनेषा तानासियोलाई हृदयघात भएपछी अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएपछी उनलाई चिकित्सहरूले मेडिकलको भाषा अनुसार मृत घोषित गरे तर चिकित्सकहरुले उनको मष्तिषकमा रगत जाने कार्यलाई निरन्तरता भने दिइरहे एउटा मेडिकल औजारका माध्यमबाट ।

चिकित्सकहरूले हार नमानी ती महिलाको मष्तिष्कमा पटक-पटक लुका-२ नामको उपकरणको प्रयोग गरेर रगत पुर्याइरहे र आर्टरीलाई खोल्ने प्रयत्न गरे । चिकित्सकहरूको निरतन्तर प्रयासपछी ती महिलाको आर्टरी खुलाउन सफल भए । यसरी आर्टरी खुलेपछी ति महिलाको मुटु फेरी चल्न थाल्यो र उनी पुनः सामान्य अवस्थामा फर्किइन् । यस घटनाबाट चिकित्सकहरू समेत निखै चकित र खुसी भएका थिए ।

मृत घोषणा भएकी महिला भेनेषाले भनिन्, ' म करिब १ घण्टा मरेर फर्किए, अनौठो लागेको छ ।'

उनले आफ्नो हृदयघात भन्दा पहिलेको अवस्था र पछीको अवस्थालाई सम्झँदै भनिन्, 'म घरको बरण्डामा बसिरहेको थिए । त्यही बेला मलाई हृदयघात भयो र भुईमा ढलेँ, र मलाई कसैले उठाएर अस्पताल ल्याएको थाहा छ । र मलाई अस्पतालमा दुई दिन राखिएको बारे भने केही थाहा छैन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

,

0 comments

Write Down Your Responses