तिब्बतीय नागरिकले बौद्ध स्तुपा भित्रै गरे आत्मदाह
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
२२ साउन, काठमाण्डौं । काठमाण्डौंको बौद्ध स्तुपामा एक तिब्बतीयन नागरिकले आत्मदाह गरेका छन् ।
करिब ४० वर्ष उमेरका व्यक्तिले विहान सात ४० बजे स्तुपा भित्रै आगो लगाएर आत्मदाह गरेका हुन् । घटनाबारे थाहा पाए लगत्तै गएको प्रहरी टोलीले उनलाई उद्दार गरी नजिकै रहेको बौद्ध स्तुपा अस्पतालमा पुर्याएको थियो । सामान्य उपचार पछि थप उपचार गर्न शिक्षण अस्पताल पुर्याएका उनलाई अस्पतालले मृत घोषणा गरेको छ ।
उनको शव शिक्षण अस्पतालमै रहेको र केहीबेरमा पोस्टमाटम गरिने प्रहरीले जनाएको छ । मृतकको परिचय भने खुल्न बाँकी रहेको छ ।

0 comments
Write Down Your Responses