Bichitra,
National News
»
टुई टाउको भएको ८ महिने बालकको दुईमध्ये एक टाउको चार घण्टा लगाएर फाले चिकित्सकले...(फोटसहित) |
टुई टाउको भएको ८ महिने बालकको दुईमध्ये एक टाउको चार घण्टा लगाएर फाले चिकित्सकले...(फोटसहित) |
टुई टाउको भएको बालकको चिकित्सकहरूले करिब ४ घण्टा लामो शल्यक्रिया गरेपछी एउटा टाउको बालकको शरिरबाट छुट्टाएका छन् । चिकित्सकहरूले एउटा टाउको माथीबाट निस्किएको अर्को टाउको शल्यक्रियामार्फत छुट्टाएका हुन् ।
चिकित्सकहरूका अनुसार ८ महिने बालक तोफाज्जलको टाउकोमाथीबाट अर्को टाउको पलाएको थियो । उक्त टाउकोमा पनि मष्तिष्कको केही भाग पलाएको थियो । उक्त रोगलाई चिकित्कसहरूले इन्सेफालोमेनिङगोसेलको नाम दिएका छन् । यस्तो समस्या करिब ४० हजार बच्चा देखी ४५ हजार बच्चाहरूमध्ये मात्र एक जनामा हुने गर्छ ।
८ महिनाका ती बालकको कोलकत्ताको एपोलो ग्लेनेग्लेस अस्पतालमा उक्त शल्यक्रिया गरिएको थियो । उक्त शल्यक्रियाको नेतृत्व गरेका थिए, न्युरो शल्यचिकित्सक शिसिर दासले । उनको नेतृत्वको चिकित्सकहरूको टोली करिब ४ घण्टाको अथक प्रयास पछी सफलता हात पारेका थिए । चिकित्सक दासले भनेका छन्, 'मैले अहिलेसम्म यति ठूलो शल्यक्रिया गरेको थिइन् । यो निकै गम्भिर खालको शल्यक्रिया थियो, यदी थोरै पनि तलमाथी भएको भए बालकको ज्यान समेत जोखिममा पर्न सक्थ्यो ।'
यस्तै, तोफाज्जलका बाबुआमाका लागि पनि यो निकै चुनौतीपूर्ण थियो । उनीहरू गरीब परिवारका भएका हुनाले यसको उपचार खर्च बेहोर्नु पनि कम सहज थिएन । तोफाज्जलका बाबुले आफूले पूर्ण रूपमा चिकित्सकहरूलाई विश्वास गरेर सबै जिम्मा चिकित्सकलाई दिएको बताए । उनले आफ्ना आफन्त र त्रिपुरा (जहाँ उनीहरूको बसाई हो) का चिकित्सकहरूले पनि उक्त बच्चाको उपचार हुन नसक्ने र बच्चा चाँडै मर्ने बताएको भन्दै अहिले छोराको शल्यक्रिया सफल भएकोमा आफूहरू निकै खुसी रहेको बताए ।
भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।
0 comments
Write Down Your Responses