पतिले कर्णाली पुलबाट हामफालेर मर’ भन्दै पाँच सय रुपैया दिए

भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाडौ, साउन २१ । कैलाली घर भई बाँके बस्दै आएकी १७ वर्षीया वर्षा सिंहले सुत्केरी अवस्थामा पोसिलो खानेकुरा त परै जावस, सामान्य खानेकुरा समेत पाएकी छैनन् । उल्टै उनका पतिले ‘तँ विष खाएर वा कर्णाली पुलबाट हामफालेर मर’ भन्दै पाँच सय रुपैया थमाईदिए ।



वर्षाले १५ वर्षको कलिलै उमेरमा गाडी चालक विमल सिंहसँग प्रेमविवाह गरेकी थिइन् । बिहे गरेको दुई वर्षमा नै दुई सन्तानकी आमा भईन् । वर्षाले १६ वर्षको उमेरमा पहिलो सन्तानको रुपमा छोरी एन्जललाई जन्म दिएको एक वर्ष नपुग्दै अहिले उनले छोरा आयुष जन्माएकी छिन् ।

छोरा जन्माएको एक महिना नपुग्दै पतिले खानसमेत नदिएपछि वर्षा काँखे छोरो च्यापेर नेपालगञ्जस्थित सिभिनको शरणमा आईपुगेकी छन् । ‘सुत्केरीमा राम्रो खानेकुरा त के पाउनु, भरपेट खान पनि दिएन,’ वर्षाले भनिन्’ सुत्केरी भएको बेलासम्म कीरा परेको र मिलले झारेको भुसैसँगको चामल दिन्थ्यो ।’

आँफु अनाथ भएको थाहा पाएपछि पति र घरपरिवारले हेला गर्न थालेको बर्षाले बताईन् । बर्षालाई बिहे भएको २ वर्षा भइसक्दा पनि धनगढीस्थित घरमा भित्र्याइएको छैन । ‘छोरी हुदात सासु ससुराले राम्रै गरेका थिए । घिउँ र मसला ल्याइदिन्थ्ये । राम्रै गरेका थिए । तर, म अनाथ भएको थाहा पाएपछि उनीहरुले हेला गर्न थाले,’ वर्षाले भनिन् । भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses