पूर्वप्रधानमन्त्री मरिचमान सिंहको निधन

भिडियो हेर्न तल क्लिक गर्नुहोस

३१ साउन, काठमाण्डौ । पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको निधन भएको छ । क्यान्सर रोगबाट ग्रसित श्रेष्ठको बिहीबार बिहान तीन बजे ७१ बर्षको उमेरमा काठमाण्डौको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

भारतको मेदान्त अस्पतालमा एक महिनासम्म उपचार गर्दा पनि स्वास्थ्यमा सुधार आउन नसकेपछि सिंहलाई मंगलवार रातिमात्रै एयर एम्बुलेन्समार्फत नेपाल ल्याएर नर्भिक अस्पतालको सघन कक्षमा भर्ना गरिएको थियो ।



सल्यानको खलंगामा ७१ वर्षअघि जन्मनु भएका सिंह कठोर राष्ट्रवादी नेताका रुपमा चिनिनुहुन्थ्यो । सिंह २०४२ देखि ०४६ सम्म प्रधानमन्त्री हुनु भएको थियो । सिंहका श्रीमती तीन छोरा र एक छोरी हुनुहुन्छ । उहाँको पार्थिव शरिरलाई श्रद्धाञ्जलीको लागि काठमाण्डौ धापासीमा राखिने र दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।

राष्ट्रवादी र स्वच्छ छविका नेता

श्रेष्ठ राष्ट्रवादी छविका नेताका रुपमा चिनिनुहुन्छ । सल्यान घर भएका सिंह ०४३ सालको आम चुनावपछि ०४३ असार १ देखि ०४६ चैत्र २४ सम्म प्रधानमन्त्री बन्नुभएको थियो । ०४३ को चुनावअघि उहाँ तत्कालीन राष्ट्रिय सभाको अध्यक्ष समेत बन्नुभएको थियो ।०४५ सालमा भारतले नुन तेल लगायतका अत्यावश्यक वस्तुको आयातमाथि प्रतिबन्ध लगाएको र पारवाहन सन्धी सम्बन्धी विवाद परेका बेला श्रेष्ठले लिनुभएको अडानको राष्ट्रवादीहरुले प्रशंसा गर्दै आएका छन् ।

०४६ सालको जनआन्दोलन उत्कर्षमा पुगेका बेला चैत्र २४ गते राजाले सिंहलाई हटाएर लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाएका थिए । ०४६ परिवर्तनपछि उहाँ गाईपालन गरेर सादगी जीवन बिताएर बस्नुभएको थियो । ०४३ को चुनावपछि सूर्यबहादुर थापा प्रधानमन्त्री बन्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्रीको चर्चामै नरहेका सिंहलाई राजाले अकस्मात् प्रधानमन्त्री घोषणा गरेपछि उहाँ राष्ट्रिय राजनीतिको केन्द्रमा आउनुभएको थियो ।

मन्त्रिपरिषदको बैठक बस्दै

मन्त्रिपरिषदको बैठक बस्दै छ । मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा विहीवार विहान ११ बजे बस्ने बैठकमा स्वर्गिय पूर्वप्रधानमन्त्री सिंहलाई कस्तो सरकारी सम्मान दिने भन्नेवारेमा निर्णय लिने छ । वैठकले स्वर्गीय पूर्वप्रधानमन्त्री सिंहलाई दिइने सरकारी सम्मान दिने दिने भन्ने विषयमा निर्णय लिने एक मन्त्रीले जानकारी दिए ।onlinekhabar

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses