कसैलाई भनिस् तेरो सबै परिवारलाई मारिदिन्छु भन्दै पटक/पटक बलात्कार
भिडियो हेर्न तल क्लिक गर्नुहोस
|
युवतीको बिचल्ली
बारा, २३ साउन । विवाहअघि भएको बलात्कारबाट गर्भ बोकेकी बाराकी एक युवतीको बिचल्ली भएको छ ।
विवाह गरेको केही महिनामा नै गर्भ बोकेको थाहा भएपछि बारा पटेर्वा–२ की ती युवती घरबाट निकालिएकी थिएन् । घरबाट निकालिएपछि माइत बस्दै आएकी उनले यही साउन ७ गते छोरीलाई जन्म दिएकी छिन् । विवाहअघि शम्भु साहका छोरा अजयबाट २०६९ साल कात्तिकदेखि आफू पटकपटक बलात्कृत हुदै आएको उनी बताउँछिन् ।
विसं. २०६९ माघ १८ गते बसवरियाका एक युवकसँग विवाह बन्धनमा बाँधिएकी उनले आफूलाई घरमा एक्लै भएको मौका छोपी अजयले बलात्कार गरेको बताइन् । कसैलाई भनिस् भने तेरो सबै परिवारलाई मारिदिन्छु भन्दै धम्की दिएर पटक–पटक बलात्कार गर्ने गरेको उनले सुनाइन् । धम्कीकै कारण आफूले बलात्कारबारे कसैलाई भन्न नसकेको उनी बताउँछिन् ।
उनी अहिले न्याय खोज्दै प्रहरीमा पुगेकी छिन् । लामो समय घटनालाई लुकाउँदै आएकी उनले घरबाट निष्कासित हुनुपरेपछि आफ्नो बच्चालाई न्याय र अधिकार दिलाउन प्रहरीमा पुगेको बताइन् । उनले साउन १० गते इलाका प्रहरी कार्यालय सिम्रौनगढ र जिल्ला प्रहरी कार्यालय बारामा बलात्कार गर्ने अजयविरुद्ध किटानी जाहेरी दिएकी छिन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालले अजयका विरुद्ध उनले यौनशोषण गरेको किटानी जाहेरी दिएको पुष्टि गर्नुभएको छ । जाहेरीका आधारमा अजयलाई नियन्त्रणमा लिएर छानबिन गर्न इलाका प्रहरी कार्यालय सिम्रौनगढलाई पत्राचार गरिएको बरालले जानकारी दिनुभयो ।
पीडकविरुद्ध प्रहरीमा जाहेरी परेपछि घटनालाई गाउँमै मिलाएर अपराधी उम्काउन षडयन्त्र सुरु भएको छ । घटनालाई गाउँमा नै मिलाउनुपर्छ भन्दै स्थानीय केही अगुवा र अजयका काका हरेन्द्र क्रियाशील भएका छन् । घटनालाई ढाकछोप गर्नका लागि गाउँमा पञ्चायत गरी केही रकम लिएर मिलापत्र गर्न दबाब आएको ती युवतीका बाबुको गुनासो छ । घटनालाई गाउँमै मिलाउन दबाब दिँदै आएका स्थानीय मधुसूधन कलवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोरकुमार उपाध्यायले सोधपुछका लागि मधुसूधनलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोरकुमार उपाध्यायले यौनशोषण गर्ने युवकको खोजतलास भइरहेको बताउनुभयो ।
भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |
विवाह गरेको केही महिनामा नै गर्भ बोकेको थाहा भएपछि बारा पटेर्वा–२ की ती युवती घरबाट निकालिएकी थिएन् । घरबाट निकालिएपछि माइत बस्दै आएकी उनले यही साउन ७ गते छोरीलाई जन्म दिएकी छिन् । विवाहअघि शम्भु साहका छोरा अजयबाट २०६९ साल कात्तिकदेखि आफू पटकपटक बलात्कृत हुदै आएको उनी बताउँछिन् ।विसं. २०६९ माघ १८ गते बसवरियाका एक युवकसँग विवाह बन्धनमा बाँधिएकी उनले आफूलाई घरमा एक्लै भएको मौका छोपी अजयले बलात्कार गरेको बताइन् । कसैलाई भनिस् भने तेरो सबै परिवारलाई मारिदिन्छु भन्दै धम्की दिएर पटक–पटक बलात्कार गर्ने गरेको उनले सुनाइन् । धम्कीकै कारण आफूले बलात्कारबारे कसैलाई भन्न नसकेको उनी बताउँछिन् ।
उनी अहिले न्याय खोज्दै प्रहरीमा पुगेकी छिन् । लामो समय घटनालाई लुकाउँदै आएकी उनले घरबाट निष्कासित हुनुपरेपछि आफ्नो बच्चालाई न्याय र अधिकार दिलाउन प्रहरीमा पुगेको बताइन् । उनले साउन १० गते इलाका प्रहरी कार्यालय सिम्रौनगढ र जिल्ला प्रहरी कार्यालय बारामा बलात्कार गर्ने अजयविरुद्ध किटानी जाहेरी दिएकी छिन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालले अजयका विरुद्ध उनले यौनशोषण गरेको किटानी जाहेरी दिएको पुष्टि गर्नुभएको छ । जाहेरीका आधारमा अजयलाई नियन्त्रणमा लिएर छानबिन गर्न इलाका प्रहरी कार्यालय सिम्रौनगढलाई पत्राचार गरिएको बरालले जानकारी दिनुभयो ।
पीडकविरुद्ध प्रहरीमा जाहेरी परेपछि घटनालाई गाउँमै मिलाएर अपराधी उम्काउन षडयन्त्र सुरु भएको छ । घटनालाई गाउँमा नै मिलाउनुपर्छ भन्दै स्थानीय केही अगुवा र अजयका काका हरेन्द्र क्रियाशील भएका छन् । घटनालाई ढाकछोप गर्नका लागि गाउँमा पञ्चायत गरी केही रकम लिएर मिलापत्र गर्न दबाब आएको ती युवतीका बाबुको गुनासो छ । घटनालाई गाउँमै मिलाउन दबाब दिँदै आएका स्थानीय मधुसूधन कलवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोरकुमार उपाध्यायले सोधपुछका लागि मधुसूधनलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोरकुमार उपाध्यायले यौनशोषण गर्ने युवकको खोजतलास भइरहेको बताउनुभयो ।
भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |
भिडियो हेर्न तल क्लिक गर्नुहोस
|

0 comments
Write Down Your Responses