दीपाश्रीको ३९ बर्षमा मात्रै बिहे हुने !
दीपाश्री निरौला आजदेखि ३८ औं बसन्तमा प्रवेश गरिन् । हास्य कलाकारमा स्थापित दीपाश्रीले जन्मदिन आउनु एक दिन अघि नै जन्मदिनको केक काटेकी थिइन्, त्यो पनि गाइजात्रे समारोहमा ।
तितो सत्यमा दीपकराज गिरीको श्रीमतीको भूमिकामा देखिदै आएकी दीपा वास्तविक जीवनमा भने कसैको श्रीमती बनेकी छैनन् अर्थात् उनी अहिलेसम्म अविवाहित छिन् । जन्मदिनको पूर्व सन्ध्यमा आफ्नो बुबालगायत शुभेच्छुकलाई केकको स्वाद चखाइन् उनले । गतबर्ष जन्मदिनकै दिन मिडियामा ४५ बर्षमा मात्रै बिहे गर्छु भनेकी थिइन दिपाले । उनले भनेकी थिइन, ‘मैले ४५ बर्षमा मात्रै विहे गर्छु, यसै ढिला भैसक्यो ।’
यसपटकको जन्मदिनमै भने उनले २०७१ सालमा पक्का बिहे गर्ने बताएकी छन् । दीपाका अनुसार ज्योतिषीले अर्को साल बिहे हुने बताएका हुन् । उमेर ढल्केपनि मन नकल्केकाले विवाह ढिला भएको दीपाको तर्क छ । तर, जन्मदिनका दिन पनि दीपा गाइजात्राको प्रहशनमा नै हुने छन् ।
0 comments
Write Down Your Responses